प्रोसेस बने भ्वाइस अफ नेपाल सिजन ६ को विजेता
मेरोन्यूज
२०८२ वैशाख २० गते ६:३९

काठमाडौं । प्रोसेस पाण्डेले ‘द भ्वाइस अफ नेपाल’को छठौं सिजनको उपाधि हात पारेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएका हुन् । उनले उपाधिसँगै नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्राेसेसले टिम खेम सेन्चुरीको तर्फबाट प्रतिनिधित्व गरेका थिए । गायक सेन्चुरी पहिलो पटक ‘द भ्वाइस अफ नेपाल’को जर्ज बनेका थिए । यस्तै टिम मेलिना राईबाट रोशन राई फस्ट रनरअप भएका छन् ।
यस्तै सेकेन्ड रनरअप टिम राजु लामाबाट प्रमेश राई बनेका छन् । अर्पना आचार्य थर्ड रनरअप बनेकी छन् । उनले टिम उदय सोताङबाट प्रतिनित्व गरेकी थिइन् ।
ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ विभिन्न ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए ।
सम्बन्धित
















नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया