रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै

मान्म । कालीकोटको रास्कोट नगरपालिका–६ नमूना बस्तीमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो । नेपाल विद्युत् प्राधिकरणको रु पाँच करोडको लागतमा प्रसारण लाइनको सबस्टेसन बन्न लागेको हो ।
केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको छ । सबस्टेसन निर्माण सम्पन्न भएपछि रास्कोटसहित छिमेकी पालिका र बाजुरा जिल्लासम्म गुणस्तरीय विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरणका प्राविधिक रमेश शाहीले बताए।‘प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत् अभाव हुने छैन’ शाहीले भने, ‘कालीकोटको रास्कोटमा मात्र नभएर बाजुराको पूर्वी क्षेत्रमा पनि विद्युत् पहुँच विस्तार हुनेछ ।’
रास्कोटमा हाल ११ केभिए प्रसारण लाइन छ । उक्त प्रसार लाइनका कारण गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेपछि ३३ केभिए प्रसारण लाइनको सबस्टेसन निर्माण गर्न लागिएको हो ।यसले विद्युत् आपूर्ति नियमित हुने अपेक्षा गरिएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया