आइतबार, जेठ २५, २०८२

एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

मेरोन्यूज २०८२ वैशाख २१ गते १४:२९

काठमाडौँ। एनएमबि बैंकले बाह्रौँ हेरिटेज वाक गरेको छ। शनिबार एनएमबि बैंकको गट्ठाघर शाखाबाट शुरु भई शंखधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरसम्म पुगेर हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको हो।

समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि साँस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।

एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ७०० जनाको सहभागितामा सो कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ उपस्तिथ थिए। उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाई ५ लाख रुपैयाँ सहयोगका साथै मध्यपुर थिमि नगरपालिकाकालाई डस्टविनहरुसमेत हस्तान्तरण गरिएको छ।

सोही प्रकारको कार्यक्रम सातै प्रदेशमा समेत गरिएको छ। बैंकले कोशी प्रदेशमा पूर्व बस स्ट्यान्डदेखि पाउ पाथिभरा मन्दिर झापासम्म, मधेस प्रदेशमा वीरगंज शाखादेखि शंकराचार्य गेटसम्म, चितवनमा लायन्स चोकदेखि हरिहर मन्दिरसम्म, गण्डकी प्रदेशमा लेकसाइड शाखादेखि राम मन्दिर बिरौटासम्म, लुम्बिनीमा भल्वारी शाखादेखि मोक्षधाम सेवा आश्रमसम्म, कर्णालीमा वीरेन्द्रनगर शाखादेखि काँक्रेबिहार मन्दिरसम्म र सुदूरपश्चिममा ग्रीन गोदावरी रिसोर्टदेखि गोदावरी शिव मन्दिरसम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement
machhapuchare

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८६ एटीएम, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया