कर्णाली प्रदेशको बजेट अधिवेशन वैशाख २८ देखि
मेरोन्यूज
२०८२ वैशाख २२ गते ८:३४

कर्णाली।कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन यही वैशाख २८ गतेदेखि सुरु हुने भएको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष प्रदेशसभा बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको हो ।प्रदेश सरकारद्वारा आह्वान गरिएको उक्त अधिवेशनले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्नेछ । त्यसका निम्ति प्रदेश सरकारले बजेटको दायरा बढाउने गरी नीति तथा कार्यक्रमलाई तीव्रता दिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया