श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

मुम्बई, २२ बैशाख । बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो पटक ‘स्त्री २’ मा देखिएकी थिइन्।
यो फिल्मले कीर्तिमानी कमाई गरेको थियो । त्यसैले पनि अब सबै निर्माताहरू आफ्नो फिल्ममा श्रद्धा कपूरलाई कास्ट गर्न चाहन्छन्।
हालै एकता कपुरले श्रद्धा कपूरलाई आफ्नो एउटा फिल्ममा कास्ट गरेको खबर आएको थियो । यो फिल्मका लागि श्रद्धा कपुरले आफ्नो पारिश्रमिक बढाएको पनि बताइएको छ ।
बलिउड हंगामाको रिपोर्ट अनुसार श्रद्धा कपुरले एकताको यो फिल्मको लागि १७ करोड भारु पारिश्रमिक लिएकी छिन् । पारिश्रमिकबाहेक नायिकाले सम्झौतामा नाफाको अंश पनि मागेकी छिन् । जसअनुसार उनले फिल्म रिलिज पछि केही प्रतिशत नाफा पनि पाउने छिन् । यो भारतीय सिनेमामा महिला कलाकारले लिएको सबैभन्दा धेरै पारिश्रमिक हो।
तर, फिल्मको नाम भने अझै सार्वजनिक गरिएको छैन । यो चलचित्र हाल प्रि–प्रोडक्सन चरणमा छ र यो वर्षको मध्यवाट सुटिङमा जाने पक्कापक्की भएको छ ।
रिपोर्टका अनुसार श्रद्धा कपुरले खासमा ‘स्त्री २’का लागि ५ करोड भारु लिएकी थिइन् । अब श्रद्धा कपुरले आफ्नो पारिश्रमिक एकैपटक १२ करोड बढाएर १७ करोड रुपैयाँ पुर्याएकी हुन् । स्त्री २ पछि यो श्रद्धा कपुरको ठूलो प्रोजेक्ट हो । तपाईलाई बताउ कि श्रद्धा कपूरले स्त्रीः ३ मा पनि काम गर्ने भएकी छिन्। यो हरर कमेडी अगस्ट २०२७ मा रिलिज हुने बताइएको छ।
श्रद्धा कपुरले आफनो करिअर तीन पत्तीबाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनी ‘लभ का द एन्ड’ मा देखिएकी थिइन् । उनले आशिकी २, गोरी तेरे प्यार मे, एक भिलेन, हैदर, उंगली, एबीसीडी २, बागी, फ्लाइङ जट, रक अन २, हाफ गर्लफ्रेन्ड, साहो, छिछोरे, बागी ३, तिमी झुट मै मक्कर जस्ता फिल्म गरिसकेका छिन् ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
प्रतिक्रिया