सारा तेन्दुलकरलाई डेट गरिरहेका छन् अभिनेता सिद्धान्त चतुर्वेदी

काठमाडौं । अभिनेता सिद्धान्त चतुर्वेदीको नाम लामो समयदेखि अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दासँग जोडिएको थियो ।
तर, अहिले सिद्धान्त भारतीय क्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरसँग नजिकिएको खबर बाहिरिएका छन् ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार सिद्धान्त र सारा आजभोलि एकअर्कालाई डेट गरिरहेका छन्। दुबैलाई धेरै अवसरमा सँगै देखिएको छ।
सम्बन्ध अझै प्रारम्भिक चरणमा भएकोले दुवैले यो खबरलाई लुकाइरहेको दाबी गरिएको छ।
अभिनेता सिद्धान्त नव्या नवेलीसँगको सम्बन्धको खबरका कारण चर्चामा थिए। गत वर्ष, सिद्धान्त धेरै अवसरहरूमा नव्यासँग देखिए। दुवै जना एकअर्काको घरमा हुने पार्टीहरूमा जान थाले, त्यसपछि उनीहरूको सम्बन्धको हल्लाले समाचारको शीर्षक पायो। त्यसैबीच, उनीहरू दुवै जना छुट्टी मनाउन सँगै ऋषिकेश गए, जसकारण उक्त हल्लाले थप गति लियो।
तर, केही महिनादेखि यी दुई अलग भएको खबरहरू पनि आए। दुवै जना पहिले एकअर्काको पोस्ट लाइक गर्थे, तर अहिले उनीहरू इन्स्टाग्राममा एकअर्कालाई फलो पनि गर्दैनन्।
कामको कुरा गर्दा, सिद्धान्तले गली ब्वाय, नादानियाँ, बंटी और बबली २ जस्ता फिल्ममा अभिनय गरिसकेका छन् । उनी अन्तिम पटक नेटफ्लिक्समा रिलिज भएको ‘खो गए हम कहाँ’ मा देखिएका थिए। अब आगामी दिनमा उनी ‘धडक २’ मा देखिनेछन्। यसमा उनको अपोजिटमा ‘एनिमल’ फेम तृप्ती डिमरी हुनेछिन्।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया