राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ पत्रकार एवं सूचनाको हकका अभियन्ता तारानाथ दाहाललाई सम्मान गर्नुभएको छ । सूचनाको हकको कार्यान्वयन, प्रवर्द्धन र पैरवी गर्न महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै वरिष्ठ पत्रकार दाहाललाई ‘विनय कसजु उत्कृष्ट सूचना अभियन्ता पुरस्कार’बाट सम्मान गरिएको हो ।
राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच पत्रकार दाहाललाई रु ५५ हजार राशिको सर्वाेत्कृष्ट सूचना अभियन्ता पुरस्कारसहित कदरपत्रबाट सम्मानित गरे ।
आयोगले सूचनाको हकका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत ११ वर्षअघि उहाँलाई ‘वरिष्ठ अभियन्ता’ बाट सम्मान गरेको थियो । सो अवसरमा अभियन्ता दाहालले मुलुकमा सूचनाको हकको कार्यान्वयनको अवस्था अझै पनि सन्तोषजनक नरहेको बताए। विकास र सुशासनका पक्षमा सूचनाको हकको महत्त्वपूर्ण भूमिका रहने भएकाले यसको प्रभावकारी कार्यान्वयनसहित सदुपयोग हुनुपर्ने उनले धारणा व्यक्त गरे ।
अभियन्ता दाहालले लोकतन्त्रको प्रमुख आधार सूचनाको हकको सुनिश्चितता हो भन्दै यसको प्रवर्द्धनमा सरोकार भएका सबै गम्भीर हुनुपर्नेमा जोड दिए । समारोहमा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाल, टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी, गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा र हरिराम कोन्डा ‘उत्कृष्ट सूचना अभियन्ता’ पुरस्कारबाट सम्मानित भए ।
सो पुरस्कारको राशि जनही रु ३० हजारसहित सम्मानपत्र रहेको छ । यसैगरी जनही रु ३० हजार राशिको ‘उत्कृष्ट सूचना अधिकारी’ पुरस्कारबाट देवीप्रसाद थपलिया, केशव सिलवाल, पदमकुमार श्रेष्ठ, हेमन्तकुमार बुढाथोकी र बुद्धिराम न्यौपाने पुरस्कृत भए। सो अवसरमा आयोगमा कार्यरत सन्तोष दाहाल, सुदर्शन ढकाल, दिनेश लुइँटेल, रञ्जना दाहाल, सीताराम बस्नेत र माइली तामाङलाई उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत गरिएको थियो ।
















मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया