कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी जेठमा मनाइने गणतन्त्र दिवस-२०८२ भव्य रूपमा मनाउन निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले आगामी जेठ १४, १५ र १६ गते भव्य रूपमा दिवस मनाउने निर्णय गर्दै नागरिकहरूको सहभागितामा प्राप्त गणतन्त्रका उपलब्धिबारे जानकारी गराउनुपर्ने बताए।
मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धिका सम्बन्धमा अन्तरक्रिया र कार्यक्रम आयोजना गर्न निर्देशन दिए। प्रदेश सरकारले आगामी गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ।
जेठ १४ गते प्रदेशका मन्त्रीहरूको नेतृत्वमा मन्त्रालय, स्थानीय तहका प्रमुखको नेतृत्वमा पालिका, कार्यालय प्रमुखको नेतृत्वमा कार्यालय भवन, परिसर सार्वजनिकस्थल सरसफाइ गर्ने, सर्वसाधारण नागरिकहरूले आआफ्नो घरआँगन सरसफाइ गर्ने, लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धि विषयक कार्यपत्र, अन्तर्क्रिया, पत्रकार सम्मान तथा निबन्ध प्रतियोगिता गरी पुरस्कार वितरण गर्ने, साँझ दीपावली गर्ने जनाएको छ।
त्यसैगरी, जेठ १५ गते मूल समारोह समितिका अध्यक्ष तथा सदस्यहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, नेपाल, प्रदेश सरकार, स्थानीय कर्मचारीहरू ब्यान्डबाजासहित सुरक्षा निकायका कर्मचारीहरू, विभिन्न संघसंस्थाले रोडशेष चोकमा भेला भई प्रभातफेरी गरी महेन्द्र चोकमा आयोजित समारोहमा सहभागी भइ साँझ घरमा दीपावली गर्ने कार्यसूची बनाएको छ।
जेठ १६ गते अस्पतालका बिरामीहरूलाई फलफूल वितरण, मानव सेवा आश्रमका वृद्धवृद्धाहरूलाई फलफूल वितरण गर्ने र साँझ दीपावली गर्ने निर्णय गरिएको छ। जिल्ला समन्वय समितिका अध्यक्ष सबै जिल्लामा, स्थानीय तहका प्रमुखको अध्यक्षतामा सबै स्थानीय तहमा गणतन्त्र दिवस भव्य रूपमा मनाउन पत्राचार गर्ने निर्णय गरिएको छ।
















बूढानीलकण्ठमा पुरुषकाे शव फेला
सरकारी सेवासुविधा सामाजिक सेवामा प्रयोग गर्ने उपाध्यक्ष डोल्माको घोषणा
म्याग्दीमा करिब ७ प्रतिशत मत बदर
दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध
नेप्से परिसूचकमा सकारात्मक सर्किट
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया