भाटभटनीबाट मदिरा र काजु पिस्ता चोरी गर्ने श्रेष्ठ पक्राउ

काठमाडौँ । नक्सालस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरबाट रु दुई लाख १८ हजार बराबरको मदिरा र खाद्यवस्तु चोरी गरी फरार एक व्यक्ति पक्राउ परेका छन् ।
यही वैशाख २० गते भाटभटेनी सुपर मार्केटको भुइँ तलामा रहेको ग्रोसरीबाट विभिन्न ब्राण्डका मदिरा, चुरोट, काजु र पिस्तालगायत उच्च मूल्यका खाद्यवस्तु चोरी गरी भागेका दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३७ वर्षीय विमल श्रेष्ठलाई प्रहरीले भक्तपुरको थिमीबाट नियन्त्रणमा हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज उनलाई सार्वजनिक गरेको छ । श्रेष्ठलाई जिल्ला अदालत काठमाडाँैबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको काठमाडाँै परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। यसैबीच, प्रहरीले रु एक करोड ५० लाख रकम बराबरको जरिवाना भएको मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौँबाट झण्डै दुई वर्षअघि बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र रु एक करोड जरिवाना ठहर भएका ४७ वर्षीय अमित अग्रवाललाई प्रहरीले आज स्वयम्भूबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि अदालतसमक्ष बुझाइएको प्रहरीले जनाएको छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया