कोशी प्रदेश सरकारले नागरिकका नाममा लगानी गर्ने

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले प्रदेशमा निर्माण हुने ठूला जलविद्युत् परियोजनामा नागरिकका नाममा लगानी गर्ने बताएका छन्।
नेकपा (एमाले) कोशी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागद्वारा बुधबार आयोजित प्रदेशको ‘समृद्धिका लागि जलस्रोत एवं ऊर्जा’ विषयक कार्यशाला गोष्ठीमा उनले प्रदेश सरकारले नीति एवं कानुन निर्माण गरी कोषमार्फत यस क्षेत्रका गरिबीका रेखामुनि रहेका ११ प्रतिशत जनताका नाममा शेयर लगानी गर्ने जानकारी दिए।
मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेश सरकार यस क्षेत्रका जनतालाई धनी बनाउने र ठूलठूला परियोजनामा नागरिकलाई प्रत्यक्ष सहभागी बनाउने काम गरिरहेको छ।’
उनले सुनसरी, मोरङ, झापा र इलामको दक्षिण क्षेत्रको महत्त्वपूर्ण योजना ‘तमोर चिसाङ डाइभर्सन’ रहेको र यसमार्फत यहाँका नागरिकले विद्युत्, खानेपानी, सिँचाइ प्राप्त गर्नुकासाथै पर्यटक आवागमन वृद्धि हुने भएकाले निर्माण चाँडै अगाडि बढाउने जानकारी दिए।
मुख्यमन्त्री कार्कीले मुलुकको समृद्धिको मुख्य आधार रहेको जलविद्युत् परियोजनाका निर्माणका लागि बाटो निर्माण, जग्गा प्राप्तिलगायतका कार्यमा स्थानीय तह, राजनीतिक दलहरुले सहजीकरण गर्न आग्रह गरे।
प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले चैते धान उत्पादन वृद्धिका लागि सिँचाइको प्रबन्ध गरिरहेको बताए। उनले सिँचाइका लागि प्रदेश सरकारले मोरङ, सुनसरी, झापा र इलाममा ८०० स्यालो ट्युबवेल वितरणको योजना रहेको जानकारी दिए।
पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेशमा निर्माण हुने जलविद्युत् परियोजना छिटो सम्पन्न गर्न पार्टीले सहजीकरण गरिरहेको जानकारी दिए।
पार्टीका ऊर्जा, जलस्रोत तथा सिँचाइ विभाग प्रमुख मोहनकुमार डाँगी, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जलस्रोतको विकासले मुलुकमा समृद्धि र रोजगार सिर्जना हुने धारणा राखे।
कार्यक्रममा विभाग प्रमुख डाँगीले कोशी प्रदेशको समृद्धिका लागि जलस्रोत र ऊर्जा, विभागका सचिव पुष्पज्योति ढुंगानाले जलविद्युत् उत्पादनमा प्रदेश सरकारको सहजीकरण विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
प्रस्तुत कार्यपत्रअनुसार कोशी प्रदेशमा विभिन्न ४१ वटा निर्माणाधिन जलविद्युत् परियोजनाबाट दुई हजार ३६५ मेगावाट विद्युत् उत्पादन हुनेछ।
















धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको पत्राचार
सुडानको बजारमा ड्रोन आक्रमण हुँदा ३३ जनाको मृत्यु, दर्जनौँ घाइते
पाकिस्तानको उत्तर पश्चिममा विस्फोट, २ प्रहरीको मृत्यु, ३२ घाइते
तेहरान र अल्बोर्जमा अमेरिका–इजरायलको आक्रमण, ४ जनाको मृत्यु
कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया