सोमबार, चैत २, २०८२

अपरेशन सिन्दुरले गरायो बलिउड फिल्मले ‘सिन्दुर’को सम्झना, भएको थियो बक्स अफिसमा हिट

मेरोन्यूज २०८२ वैशाख २५ गते ९:२८

मुम्बई। भारतको अपरेसन सिन्दूर अहिले यतिखेर चर्चामा रहेको छ । 

Advertisement
nepal life insurencenepal life insurence

पाकिस्तान माथी गरेको अपरेशन सिन्दुरमा परी पाकिस्तानको ३१ र भारतका १३ जनाको निधन भएको छ ।

तर, आज भने हामी हामी तपाईंलाई ३५ वर्ष पहिले बक्स अफिसमा हिट भएको १९८७ को फिल्म ‘सिन्दूर’ को सम्झना गराउने छौं। 

यस ड्रामा फिल्ममा शशि कपुर, जया प्रदा, गोविन्द र नीलम कोठारीको महत्वपूर्ण भूमिका थियो भने जितेन्द्र र ऋषि कपूर विशेष भूमिकामा रहेका थिए । 
फिल्ममा कादर खान, शक्ति कपूर, गुलशन ग्रोवर, असरानी र अरुणा इरानीले पनि सहायक भूमिका खेलेका थिए। रविशंकरको निर्देशनमा बनेको यो पहिलो फिल्म पनि हो ।

सिन्दुरा १९८४ को तमिल फिल्म ‘उन्नै नान सन्धिथेन’ को रिमेक थियो, जसमा शिवकुमार, सुजाता, सुरेश र रेवतीले मुख्य भूमिका खेलेका थिए। डीएनएइंडिया डट कमको रिपोर्ट अनुसार, तमिल फिल्मको संगीत दिग्गज इलैयाराजाले दिएका थिए भने हिन्दी फिल्मको संगीत प्रसिद्ध जोडी लक्ष्मीकांत प्यारेलालले दिएका थिए।

‘सिन्दूर’ चलचित्र १४ अगस्त १९८७ मा सिनेमाघरहरूमा रिलिज भएको थियो। सप्ताहन्तमा अशोक कुमार, सुनील दत्त, धर्मेन्द्र, मिथुन चक्रवर्ती, श्रीदेवी, मौसमी चटर्जी स्टारर एक्शन थ्रिलर ‘वतन के राखवाले’ बक्स अफिसमा भिड्यो। बक्स अफिस भिडन्तका बावजुद दुबै चलचित्रहरू बक्स अफिसमा सफल भएका थिए र १९८७ मा सबैभन्दा धेरै कमाउने चलचित्रहरू मध्ये ‘सिन्दुर’ पनि एक बन्न सफल भयो ।
 

प्रतिक्रिया