खेलकुद पत्रकार मञ्चको अध्यक्षमा निरञ्जन अधिकारी
मेरोन्यूज
२०८२ वैशाख २५ गते २१:०७

काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा निरञ्जन अधिकारी भारी मतले निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी प्रकाश तिमल्सिनालाई पराजित गर्दै अध्यक्षमा अधिकारी निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित अधिकारीले ४५ मत ल्याउँदै तिमल्सिनाले ३५ मतमा सीमित भए । प्रथम उपाध्यक्षमा प्रज्ज्वल ओली, उपाध्यक्षद्वयमा गोविन्द रेग्मी र सञ्जीव शिल्पकार निर्विरोध निर्वाचित भए पनि महासचिवमा राजु घिसिङलाई पराजित गर्दै अञ्जन खड्का निर्वाचित भएका छन् ।
खड्काले ५१ मत प्राप्त गर्दा महासचिवका उम्मेदवार घिसिङले २९ मतमा सीमित भए ।
यस्तै, सचिव पदमा अनिल मल्ल ठकुरी र कोषाध्यक्षमा मुना कार्की निर्विरोध निर्वाचित भएकी छिन् भने सदस्यहरूमा अभिनव जोशी, कविरस शर्मा, रमेश सुवेदी र नमिता दाहाल निर्वाचित भएका छन् ।
सम्बन्धित











वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया