युद्धले भारत र पाकिस्तानको शेयर बजारमा पहिरो

नयाँदिल्ली । भारतसँग युद्धको तनाव चुलिएसँगै पाकिस्तानको शेयर बजारमा पहिरो गएको छ। बिहीबार पाकिस्तानी शेयर बजार ६ प्रतिशतले ओरालो लाग्यो। यता, भारतीय बजारमा पनि भारी गिरावट देखिएको छ।
भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण बिहीबार दुवै देशका शेयर बजार भारी गिरावटसहित बन्द भएका हुन्।भारतका प्रमुख स्टक एक्सचेन्ज सेन्सेक्स र निफ्टी दुवैमा करिब आधा प्रतिशतको गिरावट दर्ज गरिएको छ। उता, पाकिस्तानको कराँची स्टक एक्सचेन्जमा लगानीकर्तामा त्रास फैलिएको देखियो। त्यहाँ भारी बिक्रीको दबाब परेको छ।
कारोबार सत्रका क्रममा किनबेच नै रोक्नुपर्यो, जसको कारण थियोे, शेयर मूल्यमा भारी गिरावट। कराँची स्टक एक्सचेन्जको सूचकांक केएसई १०० ले कारोबारमा ६ प्रतिशतभन्दा बढी गिरावट भोग्नुपर्यो।
मुद्रा बजारमा पनि तनाव देखिएको छ।यता भारतीय रुपियाँ अमेरिकी डलरसँग तुलना गर्दा एक प्रतिशतभन्दा बढीले कमजोर भएको छ। पाकिस्तानी रुपियाँमा पनि गिरावट आएको छ।










कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया