नेपालमा नोबेल ब्रान्डको लन्च

काठमाडौँ । नोबेल ब्रान्ड नेपालमा लन्च गरिएको छ । शुक्रबार नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालि र एनबीएससी प्रालिले नेपालमा नोबेल ब्रान्डको औपचारिक सुरुवात गरेको हो ।
३५ वर्षभन्दा बढीको नवप्रवर्तनको इतिहास बोकेको नोबेल विशेष गरी मेजर एन्ड स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इलेक्ट्रोनिक्स एप्लायन्स र बिल्ट-इन एप्लायन्सहरूको उत्पादनमा परिचित छ ।
२५० भन्दा बढी एसके यु समावेश छन् भने नोबेल ब्रान्ड २६ भन्दा बढी देशहरूमा आफ्ना उपभोक्ताहरूलाई गुणस्तर र भरपर्दो सेवा दिँदै नयाँ मापदण्ड स्थापित गर्दै आएको छ।
“परिवारलाई एकसाथ ल्याउने” भन्ने नारा रहेको नोबेलले सधैँ गुणस्तरीय, भरपर्दो सेवा र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकता दिएको छ। युरोप, चीन, भारत, टर्की लगायतका विश्वका उत्कृष्ट कारखानाबाट सामग्री सङ्कलन गर्ने गरेको ब्रान्डले भरपर्दो र अत्याधुनिक उत्पादनहरू प्रस्तुत गर्दै आइरहेको छ ।
उत्पादनहरूले आधुनिक परिवारहरूको आवश्यकता पुरा गर्ने अत्याधुनिक प्रविधि, भरपर्दो सेवा र उचित मूल्य संयोजन गर्ने नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिकी महाप्रबन्धक सज्जिता कार्कीले बताइन् ।
“हामी नोबेललाई नेपालमा ल्याउन पाउँदा निकै उत्साहित छौँ, नेपाली परिवारहरूलाई उच्च गुणस्तरका होम एप्लायन्सेस मार्फत जीवनलाई सहज बनाउन चाहन्छौँ,” महाप्रबन्धक कार्कीले भनिन् ।
नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिले आफ्ना सम्पूर्ण उत्पादनहरूमा विशेष प्रारम्भिक अफरहरू पनि प्रस्तुत गरेको छ। नोबेल ब्राण्ड पहिलो पटक दक्षिण एसियामा प्रवेश समेत गरेको छ ।













ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंककाे आग्रह
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा चौधरी
रातभरिमा सहमतिको बिन्दुमा पुग्छौँ : श्याम घिमिरे
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया