भारत-पाकिस्तान तनावले उग्ररुप लिएपछि सीमा क्षेत्रमा थप कडाइ, सुरक्षा निकाय ‘हाइ अलर्ट’मा

काठमाडाैं । भारत-पाकिस्तानबीच तनाव बढेपछि सिमा क्षेत्रकाे सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
दुई देशबीचकाे तनावले उग्ररुप लिएपछि भारतसँग सीमा जोडिएका नाकाहरुमा सुरक्षा व्यवस्था कडा पारिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिएका छन्।
जम्मु–काश्मीरको पहलगाममा २२ अप्रिलको आतङ्कवादी आक्रमणमा १ नेपालीसहित २६ जना मारिएका थिए ।
त्यसै विषयलाई लिएर भारत पाकिस्तानबीच तनाव बढ्दा त्यसबाट हुनसक्ने घुसपैठ लगायत विषयलाई लिएर पहिलाको भन्दा तुलनात्मक रुपमा चेकजाँच समेतमा कडाइ गरिएको श्रेष्ठले जानकारी दिए ।
मङ्गलवार राति भारतले पाकिस्तानमा आतंकवादी बस्ने ठाउँहरुमा मिसाईल आक्रमण गरेपछि दुईदेशबीचकाे तनाव बढेकाे हाे ।
यस्तो अवस्थामा भारतबाट नेपालमा र नेपालबाट भारतमा खुल्ला सीमाको फाईदा उठाउँदै हुन सक्ने आतङ्कवादी गतिविधिलाई निस्तेज पार्न नेपाल–भारत दुवै तर्फबाट सुरक्षाकर्मीहरू चेक जाँचमा कडाइ गरेका छन् ।
भारत पाकिस्तानमा युद्ध जस्तो हालत बनेपछि सशस्त्र प्रहरीका साथै नेपाल प्रहरीसमेतले सीमा क्षेत्रमा निगरानी बढाएको यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।
नेपाल-भारत सीमा क्षेत्रमा पछिल्लो ७२ घण्टामा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल एसएसबीले ११५ वटा संयुक्त गस्ती गरेका छन् ।
३२५ वटा सशस्त्रको सुरक्षा गस्ती र २४८४ स्थानमा चेकपोइन्ट राखेर नेपाल-भारत आवत जावत गर्नेहरूमाथि निगरानी बढाइएको छ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, नेपाल-भारत सीमा नाकामा सशस्त्रको २४५ वटा बिओपी (बोर्डर आउट पोस्ट) स्थापना भइसकेको छ।
उक्त बीओपीमार्फत नै सीमानाकामा २४ सै घण्टा निगरानी गर्ने गरी सशस्त्र प्रहरी परिचालन गरिएको छ।
सुरक्षा निकायका अनुसार भारत-पाकिस्तान तनावले उक्त क्षेत्रका नागरिकहरू नेपाल प्रवेश गर्ने खतरा रहन्छ। युद्धका बेला पीडितहरू अन्य देशमा शरण माग्न जाने प्रचलन छ। जसकारण यस्ता समूहहरू लुकीछिपी नेपाल प्रवेश गर्नसक्ने खतरा रहन्छ।
सुरक्षा स्रोतका अनुसार यस्ता विस्थापित समूहले नेपालको भूमि प्रयोग गरेर आपराधिक गतिविधि बढाउनसक्ने खतरा हुन्छ। यसका लागि सरकारले सीमामा संयुक्त गस्ती बढाउने, विशेष निगरानी गर्ने र सबै सुरक्षा निकायलाई हाइ अलर्टमा राख्ने तयारी गरेकाे छ। साथै परिचय नखुलेका व्यक्तिलाई नेपाल प्रवेशमा समेत रोक लगाइने भएको छ ।

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया