दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे

मोरङ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले जनताले ठूलो सङ्घर्षबाट हटाएको निरङ्कुश राजतन्त्र पुनः फर्कने कुनै सम्भावना नरहेको ठोकुवा गरेका छन् । पार्टीको कोशी प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले विश्वका अधिकांश मुलुकमा राजसंस्था निरङ्कुश रहेको चर्चा गर्दै व्यापारी पूर्वराजालाई जनताले कुनै पनि हालतमा स्थापना नगर्ने बताए।
अध्यक्ष बिजुक्छेले वर्तमान सत्ताधारी पार्टीहरूले निर्वाचनका समयमा सार्वजनिक गरेको घोषणापत्रअनुसार कार्य गरी जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्ने सुझाव दिए । उनले सरकारले हालै ल्याएको नीति तथा कार्यक्रम पुरानै परम्परावादी भएकाले त्यसले जनताको जीवनस्तर उकास्ने र मुलुकको आर्थिक चलायमान कायम गर्न नसक्ने दाबी गरे ।
एक प्रश्नको जवाफमा अध्यक्ष बिजुक्छेले जनताले पार्टीलाई दिएको मताधिकार सरकारमा सहभागी हुन होइन प्रतिपक्षमा बस्न र जनताको समस्या उठाउन दिएको बताए । उनले सरकारले विगत एक महिनामा पनि नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्त गर्न नसक्नु लाजमर्दो भएको चर्चा गरे।















अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
प्रतिक्रिया