रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई हुँदै
मेरोन्यूज
२०८२ वैशाख २८ गते ११:३९

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन माथी आज सुनवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा लामिछानको बन्दी प्रत्यक्षीकरणको मुद्दा माथी सुनवाइ हुन लागेको हो ।
गत वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
वैशाख ९ गते न्यायाधीश अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारीसमेत गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया