भारतीय वायुसेनाले भन्याे– ‘अपरेसन सिन्दूर’ अझै जारी छ

काठमाडौं । भारतीय वायुसेनाले ‘अपरेसन सिन्दूर’ अझै जारी रहेको जनाएको छ ।
सामाजिक सञ्जाल एक्समार्फत वायुसेनाले भनेको छ, “भारतीय वायुसेनाले अपरेशन सिन्दुरमा आफ्नो तोकिएको कार्यहरू सटीकता र व्यावसायिकताका साथ सफलतापूर्वक सम्पन्न गर्यो । यी अपरेशनहरू राष्ट्रिय उद्देश्यहरू अनुरूप सोचविचार र विवेकपूर्ण रूपमा सञ्चालन गरिएको थियो ।”
“अपरेसनहरू अझै जारी छन्, त्यसैले थप जानकारी पछि प्रदान गरिनेछ । भारतीय वायुसेनाले सबैलाई अनुमान र अप्रमाणित जानकारीको प्रसारबाट बच्न अनुरोध गर्दछ” वायुसेनाले भनेकाे छ।
जम्मु-कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंककारी हमलामा २६ जनाको ज्यान गएपछि भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ नाम दिएर सैन्य कारबाही सुरु गरेकाे थियाे। त्यसपछि दुवै देशले एकअर्काको सैन्य अड्डाहरूमा आक्रमण गरेका थिए ।
शनिबार साँझ मात्र भारत र पाकिस्तानले एकअर्काविरुद्ध कारबाही नगर्ने सहमति गर्दै युद्धविराम सम्झौता गरेका थिए।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया