बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी
मेरोन्यूज
२०८२ वैशाख २९ गते १९:१६
जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दा बढी बिरामी परेका छन्।
जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गएराति ठेरा कचुरीमा पुगेको जन्ती स्वयम्बर सकिए पछि खाजामा बुनियाँ, रसबरीलगायत अनिय मिस्ठान्न खाएको केही समेय पछि पेट दुख्ने, बान्ता हुने, कमजोर हुन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख उमेश यादवले बताए।
साठी जनाभन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको अस्पतालमा उपचार भइरहेको प्रमुख यादवले बताए। केही भने उपचारपश्चात् निको भएर घर फर्किसकेका छन्।
“खाजामै प्वाइजन भएर बिरामी परेको हाम्रो अनुमान छ। घटनास्थल पुगेर हामीले खाजाको नमुना ल्याएका छौँ। परीक्षणका लागि प्रयोगशालामा पठाएको र परीक्षण गरेर के कारणले भएको हो भन्ने पुष्टि हुन्छ,” यादवले भने।
सम्बन्धित










मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया