साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता

एजेन्सी । शैक्षिक संस्थाहरू र प्राविधिक उद्योगबीचको सहकार्यलाई सुदृढ गर्दै साउथ एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (साइम कलेज) र टोक्मा टेक्नोलोजिज बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यो सम्झौताले नेपालमा सीप विकास, अनुसन्धान, र प्राविधिक नवप्रवर्तनलाई प्रवर्धन गर्ने लक्ष्य राखेको छ। ललितपुरमा आयोजित एक विशेष समारोहका क्रममा साइम कलेजका प्राचार्य अशोकराज पाण्डे र टोक्मा टेक्नोलोजिजका निर्देशक सागर आङदेम्बेले आ-आफ्नो संस्थाका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन्। उक्त हस्ताक्षर कार्यक्रममा साइम कलेजका कार्यक्रम निर्देशक सुमन्त गुरुङ पनि साक्षीका रूपमा उपस्थित थिए।
यो सम्झौताअनुसार, विद्यार्थीहरूका लागि इन्डस्ट्रीसँग सम्बन्धित इन्टर्नशिप, संयुक्त अनुसन्धान परियोजना, पाठ्यक्रम सुदृढीकरण, कार्यशाला, विशेषज्ञद्वारा सञ्चालित सत्र, ह्याकाथन, तथा नवप्रवर्तन चुनौतीहरू आयोजना गरिने छ । जसले विद्यार्थीलाई व्यावहारिक ज्ञानमा दक्ष बनाउनेछ।
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (CAN Federation) का उपाध्यक्ष तथा One Cover Pvt. Ltd. का प्रमुख कार्यकारी अधिकृत चिरञ्जीबी अधिकारीले यस सहकार्यलाई ‘प्रभावकारी पहल’ का रूपमा व्याख्या गरे।
उनले भने, ‘साइम कलेज र टोक्मा टेक्नोलोजिजको यो सहकार्यले नेपालका युवाहरूलाई उद्योगमै काम गर्न सक्ने क्षमतासहित तयार गर्नेछ।’ उनको अनुसार, यो कदम नेपाललाई आइटी हब बनाउने राष्ट्रिय उद्देश्यसँग मेल खान्छ।
साइम कलेजका प्राचार्य अशोकराज पाण्डेले वर्तमान शिक्षा प्रणालीमा उद्योगसँगको सहकार्यको महत्व उल्लेख गर्दै भने, ‘यो समझदारी हाम्रो विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्ने र भविष्यको डिजिटल अर्थतन्त्रमा प्रतिस्पर्धी बनाउने दिशामा महत्वपूर्ण पाइला हो।’
सम्झौता तीन वर्षका लागि प्रभावकारी हुनेछ र परस्पर सहमतिमा विस्तार गर्न सकिने छ। यस सम्झदारीले दुवै पक्षका जिम्मेवारीहरू तोकेको छ। साइम कलेजले इन्टर्नशिप र प्रोजेक्टका लागि विद्यार्थी सिफारिस गर्ने, आवश्यक शैक्षिक सहयोग तथा पूर्वाधार उपलब्ध गराउने, र संयुक्त परियोजनाका लागि संकायसँग समन्वय गर्नेछ।
त्यसैगरी, टोक्मा टेक्नोलोजिजले इन्टर्नशिप र अनुसन्धान परियोजनाको अवसर प्रदान गर्ने, विद्यार्थी तथा संकायलाई उद्योगसम्बन्धी मार्गदर्शन र विशेषज्ञ सत्रहरू सञ्चालन गर्ने, तथा पाठ्यक्रम समिक्षामा सहभागी भई संयुक्त कार्यक्रम आयोजना गर्नेछ।
दुवै संस्थाले यो सहकार्यले अनुसन्धान प्रवर्धन, उद्यमशीलता विकास, र विद्यार्थीलाई रोजगारीको लागि सक्षम बनाउने विश्वास व्यक्त गरेका छन्। यस सहकार्यले नेपालका शैक्षिक संस्था र प्राविधिक उद्योगबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
















मध्यपूर्व युद्धका कारण करिब एकहजार ५०० पानीजहाज अलपत्र
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया