ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध
मेरोन्यूज
२०८२ वैशाख ३१ गते ८:२७

काठमाडौँ । अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको प्रतिबन्ध सिरियाको नयाँ सरकारसँग सम्बन्ध सामान्य बनाउन र शान्ति स्थापनाको मौका दिनका लागि प्रतिबन्ध हटाउने बताएका हुन् ।
उनले नयाँ सरकारसँग अमेरिकाले मिलेर काम गर्ने पनि बताइको छ । उनी बुधबार सिरियाका राष्ट्रपति अहमद अल-शारासँग भेटवार्ता गर्दै छन् । शाराले अघिल्लो वर्ष राष्ट्रपति बसर अल असदलाई पदच्युत गराउँदै सत्ता सम्हालेका थिए ।
ट्रम्पले प्रतिबन्ध हटाउने जस साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान र टर्कीएका राष्ट्रपति रेचेप तैयप एर्दोगानलाई दिन पनि बिर्सिएनन् । यी दुई नेताको आग्रहमा आफूले सुलहको प्रस्ताव गरेको ट्रम्पको भनाइ छ ।
सम्बन्धित
















Home Minister Gurung announces his resignation
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया