बुधबार, वैशाख ३१, २०८२

पोखरामा बस दुर्घटना : २२ जना घाइते, ४ को अवस्था गम्भीर

मेरोन्यूज २०८२ वैशाख ३१ गते १४:४८

पोखरा । पोखरामा बस दुर्घटना भएको छ। पोखरा महानगरपालिका-२२ स्थित विश्व शान्ति स्तूपनजिकै बुधबार दिउँसो ग १ ख ३८८६ नम्बरको नगरबस दुर्घटना भएको हो।

२६ जना सवार बस दुर्घटना हुँदा चालक र सहचालकसहित २२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएकाे छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । बस अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया