शुक्रबार, वैशाख १८, २०८३

सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर यादव पाँच लाख ७० हजार घुससहित पक्राउ

मेरोन्यूज २०८२ जेठ १ गते २१:३७

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई ५ लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

Advertisement
NiccNicc

आयोगका अनुसार, खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीका लागि यादवले सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा आयोगको टंगालस्थित टोलीले यादवलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१, लोकन्थलीबाट उक्त रकमसहित मिति २०८२ जेठ १ गते नियन्त्रणमा लिएको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यादवमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया