एसपी मिश्रको कडा एक्सनः एकैदिनमा १९५ प्रतिवादी पक्राउ

विरगंज। जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी सम्हाले देखिनै एसपी गौतम मिश्र कडा एक्सनमा उत्रिएका छन्।
उनको एक्सनले अपराधी र तस्कर माझ खैलाबैला मच्चिएको छ भने सानो अवधिमा प्रहरीले करोडौंको अवैध सामान बरामद भएको छ।
एसपी मिश्रको सक्रियता र कडा निर्देशनले पर्सा जिल्लामा प्रहरीले एकै दिनमा १९५ जना फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याएको छ।
विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर लामो समय देखि फरार रहेका १९५ प्रतिवादीहरूलाई जिल्लाको बिभिन्न स्थानवाट पक्राउ गरिएको एसपी मिश्रले बताएका छन्।
फैसला कार्यान्वयन अभियान अन्तर्गत गत ३० गते उक्त प्रतिवादीहरूलाई पक्राउ गरी दण्ड सजाय असुलको लागि बुधवार पर्सा जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ।
उनीहरूबाट कूल १ करोड १२ लाख ८० हजार ३३८ रुपैयाँ जरिवाना र ३८ वर्ष १ महिना ७ दिन बराबरको कैद सजाय असुलको लागी अदालतमा उपस्थित गराइएको छ।
एकै दिनमा १९५ फरार प्रतिवादी पक्राउ गर्न सफल हुनु पर्सा प्रहरीको लागी गर्बको अनुभूति गरिरहेको एसपी मिश्रले न्युजकारखानालाई बताए ।
एसपी मिश्रको निर्देशनमा प्रहरीले तस्करी, लागुऔषध कारोवार, नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया