बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
मेरोन्यूज
२०८२ जेठ २ गते १२:५८

काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कारको ठक्करबाट तीन वर्षका बालक शिवांस झाको मृत्यु भएको हो ।
बानेश्वरनजिकैको कात्यानी चोकबाट भिमसेनगोलातर्फ जाँदै गरेको बा प्र ०१–३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो ।
कार चालक काठमाडौं महानगरपालिका–३१ का ५५ वर्षीय रमेशकुमार श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् । मृतक बालकका बुबा आलोक कुमार लामो सयमदेखि बानेश्वरमा डेरा गरी बस्दै आएका छन् ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया