प्रचण्ड-देउवा टेलिफोन वार्तालगत्तै बूढानीलकण्ठ पुगे जनार्दन
मेरोन्यूज
२०८२ जेठ २ गते १७:०३

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आज (शुक्रबार) देउवा निवास बुढानीलकण्ठ पुगेर शर्माले देउवासँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको जनार्दनले बताएका छन् ।
पार्टीको मध्यपहाडी लोकमार्गअन्तर्गतका अभियानमा रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आ विहान डडेलधुराबाट देउवासँग फोन संवाद गरेका थिए । प्रचण्डले फोन संवाद गरेको केही घण्टाभित्रै उपमहासचिव शर्मा देउवा निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया