फेरिल्यान्ड र केभीकेएसएस सेमिफाइनलमा

काठमाडौं। फेरिल्यान्ड र केभीकेएसएस आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा फेरिल्यान्डले न्युटनलाई ३०–२५ ले पराजित ग¥यो । फेरिल्यान्डको जितमा रेणुका तामाङले ९ अंक योगदान गरिन् । खुशी मितोकको १६ अंक सहयोगमा केभीकेएसएसले लालीगुराँस नेसनल एकेडेमीलाई २५–२० ले हरायो ।
सिनियर गल्र्समै भ्याली पब्लिकले जेबी स्कुललाई ३९–२२ तथा ग्रिनल्यान्डले टीआईएलाई ४६–२९ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । भ्याली पब्लिककी लोरिशा गौचनले १५ तथा ग्रिनल्यान्डकी प्रियंका चन्दले २३ स्कोर गरे ।
सेमिफाइनलमा ग्रिनल्यान्डको भेट केभीकेएसएससंग हुनेछ भने भ्याली पब्लिकले फेरिल्यान्ड विरुद्ध खेल्ने छ ।
जुनियर ब्वाइजमा न्युटनले स्किब्सलाई २९–१९, भ्याली पब्लिकले गोल्डेनपिकलाई ४१–४०, ग्रिनल्यान्डले पारामाउन्ट एकेडेमीलाई २७–२२ र लालीगुराँसले क्यान्भास बसन्त ऋतुलाई ३३–१७ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे । न्युटनका आशिष राईले १२, भ्याली पब्लिकका विधान भण्डारीले १६, ग्रिनल्यान्डका आशुतोष बोहराले ९ र लालीगुराँसका प्राण मल्लले ९ अंक जोडे ।
सेमिफाइनल भ्याली पब्लिक र ग्रिनल्यान्ड तथा न्युटन र लालीगुराँसबीच हुनेछ । दुवै समूहको सेमिफाइनल शनिबार हुनेछ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया