डिजीटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजीटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले डिजीटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजीटल साक्षरता अनिवार्य हुनु पर्ने बताएका छन् ।
क्यान फेडरेसनले आयोजना गरेको “मल्टी-स्टेकहोल्डर डिस्कसन अन डिजीटल नेपाल फ्रेमवर्क २.० (डिएनएफ २.०) एन्ड वे फर्वाड” शीर्षक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नागरिक एप आयो तर के आयो आयो जस्तो भएको बताउदै उनले नागरिकले एप प्रयोग गर्ने साक्षरतामा कमि देखिएको औँल्याए ।”डिजिटल फेमवर्क साकार पार्न डिजिटल लिटरेसी आवश्यक छ”, गुरुङले भने,”हामीले साक्षरता पनि संगै लैजानु पर्छ ।”
त्यस्तै उनले डीजीटल इनफासट्चर निर्माण र आवश्यक नीति बनाउने मुख्य दायित्व समेत सरकारको रहेको प्रस्ट पारे।
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङका अनुसार डिजिटल नेपाल फ्रेमवर्क, २०७६ मा ८ वटा प्रमुख क्षेत्रहरुको ८० वटा डिजिटल पहलहरुको पहिचान भएको र कार्यक्रम कार्यान्वयन कार्ययोजनामा प्रत्येक पहलसँग सम्बन्धित सरोकारवालाहरुको पहिचान र समयावधि तोकिएको थियो ।
डिजिटल नेपाल फ्रेमवर्क२.० सोह्रौं योजनासँग समेत अनुकलन हुने गरी तयार गरिएको र यसले डिजिटल आधारस्तम्भलाई जोड दिई कनेक्टिभिटी, प्राविधिक सीप, डाटा एकीकरण र साइबर सुरक्षा जस्ता आधारभूत पक्षहरुलाई सुदृढबनाउने लक्ष्य लिएको मन्त्री गुरुङले खुलाए । डिजिटल नेपाल फ्रेमवर्क, २०७६ ले कनेक्टिभिटी लगायतका डिजिटल फाउन्डेशनमा सुधार, क्षमता अभिवृद्धि, डिजिटल पहल मार्फत आर्थिक सामाजिक रुपान्तरणमा जोडदिएको थियो भने डिजिटल नेपाल फ्रेमवर्क २.० ले उक्त फ्रेमवर्क कार्यान्वयनका क्रममादेखिएका समस्या र चुनौतीहरुको सम्वोधन गर्ने गरी रुपरेखा प्रस्ताव गरेको उनले जानकारी दिए ।
सञ्चार सचिव राधिका अर्यालले सरकारको पहिलो डिजीटल फ्रेमवर्कको विगतको अनुभवले सुधार गर्दै डिजीटल फेमवर्क २.० मसौदा तयार पारीएको बताइन् ।निजी क्षेत्रले आवश्यक सुझाव दिन पनि उनले आग्रह गरिन्।
क्यान फेडरेसनका अध्यक्ष सुनैना घिमिरे पान्डेले अब डीजिटल युग भएकाले सरकारले यस क्षेत्रलाई नीतिगत सॅगै आर्थिक लगानिको प्राथमिकतामा जोड दिनु पर्ने बताइन् ।
प्रतिक्रिया