अछाम पुगेर प्रचण्डले भीम रावललाई भने, सहकार्य गरौँ

धनगढी । जागरण अभियानका क्रममा अछाम पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकार्यका लागि भीम रावललाई आग्रह गरेका छन् । जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानअन्तर्गत शनिवार अछामको साँफेबगरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीसँग सहकार्य गर्न भिम रावललाई आग्रह गरेका हुन् ।
सभामा प्रचण्डले भने ( कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, उहाँसग हिजो मात्र फोनमा कुरा भएको थियो। मैले तपाई किन अरु ठाउँ भौतारिरहनु भएको छ। आउनुस् समय खेर नफाल्नुस हामी बसेर कुरा गरौं, सहकार्य गरौं भने।
एमालेबाट कार्वाही पछि भीम रावल देश ब्यापी मातृभुमी जागरण अभियान संचालन गरिरहेका छन्।अध्यक्ष प्रचण्डले माओवादी बलियो भयो भने समग्र राष्ट्र नै बलियो हुने बताउँदै २०८४ मा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन आग्रह गरे। शुक्रबार बैतडीबाट सुरु गरेको अभियान बैतडी, डडेल्धुरा हुँदै शनिवार अछाम पुगेको हो ।
















नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया