इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय

इरानको सर्वोच्च अदालतले शनिबार तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई अल्लाहलाई निन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिएका तातालुलाई सुरुमा तेहरानको फौजदारी अदालतले मुश्लिम धर्म र यसका पवर्तकको निन्दा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको थियो ।
सर्वोच्च अदालतले त्यो फैसलालाई उल्टाउँदै मुद्दालाई अर्को अदालतमा पठाएको थियो र त्यहाँबाट उहाँलाई मृत्युदण्डको सजाय सुनाइएको हो । न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले भन्नुभयो, “यो फैसला अब पुष्टि भएको छ र कार्यान्वयनका लागि तयारी भइरहेको छ ।” उनले थपे, “पप गायक तातालुका वकिलले पुन सुनुवाई र क्ष्मादानका लागि दुई अनुरोधहरू दायर गरेका छन्र यो हाल पुनरावलोकनको क्रममा छ ।”
“यी अनुरोधहरू औपचारिक रूपमा दर्ता भएका छन् र पुनरावलोकनको क्रममा छन्,” जहाँगीरले भन्नुभयो, “उचित समयमा निर्णय घोषणा गरिनेछ।” जहाँगीरले पहिलो पटक जनवरीमा मृत्युदण्डको घोषणा गरेपनि फैसला अन्तिम नभएको उल्लेख गरेका थिए ।
इरानी गायकलाई ‘भ्रष्टाचार र वेश्यावृत्तिलाई बढावा दिएको’ र इस्लामिक गणतन्त्रविरुद्ध ‘प्रोपोगान्डा’ फैलाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । उहाँले अहिले उक्त सजाय भुक्तानी गरिरहनुभएको छ । तातालुलाई स्वर्गीय राष्ट्रपति इब्राहिम राइसीलगायत रूढिवादी राजनीतिज्ञहरूको सहयोग रहेको थियो ।
सन् २०१५ मा उनले आणविक सम्झौताको समर्थनमा एउटा गीत सार्वजनिक गर्नुभएको थियो, जसलाई उदारवादी हसन रुहानीको शासनकालमा सरकारी सञ्चारमाध्यमले प्रचार गरेका थिए । पक्राउ र सुपुर्दगी गर्नुअघि सन् २०१८ देखि तातालु इस्तानबुलमा बस्दै आएका थिए ।
















होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया