नेकपा एमालेका केन्द्रिय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

इनरुवा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौंमा शुरु हुने आन्दोलन शान्तिपुर्ण हुने बताएका छन् ।
सुनसरिको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपुर्ण भद्र अबज्ञाको रुपमा अघि बढ्ने दाबी गरे ।
“निर्धक्क भएर काठमाडौं आउनुहोस् , गणतन्त्र मान्दिन धर्म निरपेक्षता मान्दिन भन्ने अधिकार संविधानले नै दिएको छ, धारा २७४ ले यसको बिकल्प खोज्ने अधिकार स्विकार गरेको छ , गणतन्त्रको बिकल्प खोज्ने कुरा संविधान बिरोधि होइन” – उनले स्पष्ट पारे । अनावश्यक हस्तक्षेप गर्ने ,बल प्रयोग गर्ने र दुष्प्रचार गर्ने काममा सरकारले समय बर्वाद नगरोस् भन्दै अहिलेको कुशासन र भ्रष्टतन्त्रको विरुद्धमा जनता जागिसकेको उनको जिकिर थियो ।
“यो राष्ट्रबादी आन्दोलन हो, नेपाल र नेपाली जनताको हितको लागि नेपाली जनता मिलेर गर्नलागेको आन्दोलन हो, कुनै बिदेशी प्रभाब र उक्साहट छैन” थापाले थपे । मुलुक युबाहिहिन भैसक्यो , भ्रष्टाचारको आहालमा देश चुर्लुम्म डुबेको छ, सिङ्गो गाउँका गाउँ धर्म परिबर्तनको चपेटामा छ , बेरोजगारी र कुशासन भनिसाध्य छैन, यस्तो बेलामा जनताले बिकल्प खोज्छन् , जनतालाई रोक्ने दुष्साहस कतैबाट नहोस् भन्दै थापाले सम्बाद र सहमतिमा पनि निकास खोज्न सकिने भएकोले गणतन्त्रबादिहरुलाई सहमतिको बाटोमा आउन समेत थापाले आमन्त्रण गरे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य सुनसरी जिबिसका पुर्ब जिबिस सभापती रमेश श्रेष्ठ , इनरुवाका पुर्ब उपमेयर माधब पोखरेल लगायत दर्जनौ ब्यक्तिहरु राप्रपा नेपाल प्रबेश गरेका थिए ।
आन्दोलन तयारीको क्रममा थापा जिल्ला दौडाहामा छन् । कार्यक्रममा नेताहरु तारानाथ लुइँटेल , तेज कुरुङ्वाङ, बल्लभ दाहाल, माधब आचार्य , रामबिलास मेहता लगायतले बोलेका थिए ।














लागुऔषधसहित तीन जना पक्राउ
यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया