बुधबार, वैशाख ९, २०८३

सावित्रा भण्डारीको सम्मानमा ‘साम्बाचोक’ स्थापना

मेरोन्यूज २०८२ जेठ ५ गते १३:२१

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी ‘साम्बा’को सम्मानार्थ साम्बाचोक नामाकरण र उक्त चोकमा साम्बा स्तम्भ निमार्ण गरिएको छ।

Advertisement
NiccNicc

लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका ९ स्थित खुदिबजार चोकमा निर्माण गरिएको साम्बा स्तम्भको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जेठ ५ गते उद्घाटन गरेका हुन्।

नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी ‘साम्बा’ पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चित फुटबल खेलाडी बन्न पुगेकी छिन्।

हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लव एना भान गेङगाङ्पमा आवद्ध छिन्। उद्घाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, मर्स्याङ्दी गाउँपालिका-९ का वडा अध्यक्ष हरिस चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति लगायत स्थानीय भद्रभलाद्मी, जनप्रतिनिधि र सन्चारकर्मीहरुको समेत उपस्थिति थियो।

कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार साम्बाका बुवा आमालाई समेत सम्मान गरिएको थियो।

प्रतिक्रिया