सत्यनिरुपण र बेपत्ता छानबिन आयोगका अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी अध्यक्ष लीलादेवी गड्तौला र सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी अध्यक्ष गड्तौला र सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानन्यायाधीश राउतले आयोगका दुई अध्यक्षलाई शपथ ग्रहण गराएपछि अध्यक्षहरूले आ–आफ्ना आयोगका सदस्यलाई पद तथा गोपनीयताका शपथ ग्रहण गराएका थिए ।
सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा थापा तथा सदस्यमा अचुतप्रसाद भण्डारी, डा. टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्य ओझा रहेका छन् । त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा गड्तौला तथा सदस्यमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली सदस्य रहेका छन् ।
मन्त्रिपरिषद्को बैठकले १ जेठ दुवै आयोगका लागि अध्यक्ष तथा सदस्यहरू नियुक्ति गरेको थियो । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम गठित सिफारिस समितिको सिफारिसबमोजिम दुवै आयोगका अध्यक्ष र सदस्य नियुक्त भएको थियो ।







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया