शुक्रबार, वैशाख १८, २०८३

अखेटोपहारसहित दुई पक्राउ

मेरोन्यूज २०८२ जेठ ५ गते १९:३१

चितवन । गैँडाको खागजस्तो देखिने अखेटोपहारसहित दुई जना पक्राउ परेका छन्। चितवन राष्ट्रिय निकुञ्जले उनीहरुलाई आइतबार पक्राउ गरेको हो।

Advertisement
NiccNicc

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भरतपुर महानगरपालिका–९ बिसहजारी सडक क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्ने दुवै जना पुरुष रहेको उनले बताए। उनीहरुलाई निकुञ्जका कर्मचारी र नेपाली सेनाको नयाँ गोरख गणको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेकाहरुमाथि अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए । अनुसन्धानमा रहेका उनीहरुको नाम गोप्य राखिएको छ।

प्रतिक्रिया