नेप्से परिसूचक ४९ अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढेको छ । आज नेप्से परिसूचक ४९ दशमलव ०९ अङ्कले बढेर दुई हजार छ सय ७७ दशमलव ४५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८६ प्रतिशतको वृद्धि हो । आज तीन सय १० कम्पनीको एक करोड ६८ लाख ८८ हजार चार सय ५९ कित्ता शेयर ७३ हजार ५४ पटक खरिदबिक्री हुँदा सात अर्ब ३१ करोड २७ लाख ९० हजार एक सय ९६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव ४२ प्रतिशतले बढेको छ । बैंकिङ एक दशमलव ९१, विकास बैङ्क दुई दशमलव ९५, वित्त दुई दशमलव ४४, जलविद्युत् दुई दशमलव ४५ र लगानी समूह दुई दशमलव ३३ प्रतिशतले बढेको छ ।
त्यस्तै, जीवन बीमा एक दशमलव ३२, उत्पादन तथा प्रशोधन एक दशमलव ८९, लघुवित्त एक दशमलव १३, म्युचुअल फन्ड शून्य दशमलव ३३, निर्जीवन बीमा एक दशमलव ७४, व्यापार एक दशमलव ४९ र अन्य समूह शून्य दशमलव ८४ प्रतिशतले बढेको छ ।
सिन्धु विकास बैङ्क लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य तीन दशमलव ०९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको ४१ करोड ८० लाख बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डको १४ लाख ७२ हजार तीन सय कित्ता खरिदबिक्री भएको छ ।















समानुपातिक प्रणालीतर्फको मतगणनाकाे काम आज सकिदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया