वेस्ट इन्डिजविरुद्ध आयरल्यान्डको फराकिलो जित
मेरोन्यूज
२०८२ जेठ ८ गते ८:३८

काठमाडौं। आयरल्यान्डले वेस्ट इन्डिजसँगको एक दिवसीय खेलमा फराकिलो अन्तरको जित हात पारेको छ।
डबलिनमा बुधबार भएको दिवा रात्रि खेलमा आयरल्यान्ड १२४ रनले विजयी भएको हो। आयरल्यान्डले दिएको ३०४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३४.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रनमा अल आउट भएको हो।वेस्ट इन्डिजका लागि सातौँ क्रमका ब्याट्सम्यान रोस्टन चोजले सर्वाधिक ५५ तथा आठौँ क्रमका म्याथ फोर्डले ३८ रन प्रहार गरे। वेस्ट इन्डिजले ३१ रनमा ६ तथा ७१ रनमा ६ विकेट गुमाएको थियो। जस्टिन ग्रेभ्सले १७ बलमा ३५ रन जोडे।
वेस्ट इन्डिजलाई सस्तोमा समेट्ने क्रममा बेरी म्याकर्थीले ७।.१ ओभरमा ३४ रन खर्चेर चार विकेट लिए। जर्ज डोकरेलले दुई ओभरमा २१ रन खर्चेर दुई विकेट लिए।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया