सोमबार, वैशाख २१, २०८३

रुपन्देहीमा ‘एक घर, एक स्काउट’

मेरोन्यूज २०८२ जेठ ८ गते १५:१७

काठमाडौं । तिलोत्तमामा बालबालिकालाई अनुशासित र नैतिकवान् बनाउने ध्येयले नेपाल स्काउट लुम्बिनी प्रदेशद्वारा आयोजित एकहप्ते तालिम यहाँ सुरु भएको छ ।

Advertisement
NiccNicc

बुटवल माविमा सुरु भएको सो तालिमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा सदस्य लीला गिरीले आफूसहित समाजलाई नैतिकवान् बनाउने कुरामा स्काउटले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, ‘व्यक्ति नैतिकवान् र चरित्रवान् भएमा मात्र समुन्नत र समृद्ध समाज बन्छ ।’ कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देही प्रमुख माधव बञ्जाडेले स्काउटका गतिविधि सबै विद्यालयमा पुर्‍याएर विद्यार्थीको सामाजिक र व्यावहारिक जीवनमा परिवर्तन ल्याउन आग्रह गरे ।

नेपाल स्काउट राष्ट्रिय परिषद् सदस्य तथा मुख्य प्रशिक्षक विजेन्द्रलाल ध्वजूले सम्पूर्ण सामुदायिक विद्यालयमा स्काउट हुन जरुरी रहेको बताए। कार्यक्रममा बुटवल माविका प्रधानाध्यापक होमबहादुर रायमाझीले स्काउटका माध्यमबाट बालबालिका अनुशासित बन्नेमा जोड दिए।

कार्यक्रममा प्रा.डा. आरसी आचार्य, रुपन्देही व्यापार संघ कोषाध्यक्ष मणि खनाल, नेपाल स्काउट राष्ट्रिय परिषद् सदस्य तथा मुख्य प्रशिक्षक सुशीलाकुमारी विष्ट, प्याब्सन पूर्वअध्यक्ष लालहरि पाण्डेलगायतले स्काउटको महत्त्वमाथि प्रकाश पाएका थिए । लुम्बिनी प्रदेश स्काउट प्रमुख आयुक्त तथा कार्यक्रमका अध्यक्ष दीनानाथ भट्टराईले एक घर एक स्काउट बनाउने गरी स्काउट अघि बढेको जनाउँदै स्वार्थभन्दा माथि उठेर स्काउटले समाज सेवा गर्दै आएको बताए ।

प्रतिक्रिया