गाजामा इजरायलकाे पछिल्लाे हमलामा १६ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार इजरायली आक्रमणमा १६ जनाको मृत्यु भएको बताएको छ । त्यहाँ हालैका दिनहरूमा इजरायलले आफ्नो सैन्य आक्रमण बढाएको छ ।
‘मध्यरातदेखि गाजा पट्टीका विभिन्न क्षेत्रमा इजरायली आक्रमण’ बाट कुल १६ जनाको मृत्यु भएको एजेन्सीका अधिकारी मोहम्मद अल–मुगायरले बताए ।
अधिकारीका अनुसार मुख्यतया क्षेत्रको मध्य र दक्षिणमा आक्रमण गर्दा दर्जनौँ मानिस घाइते भएका छन् । इजरायलले दुई महिनाको युद्धविरामको अन्त्य गर्दै मार्च १८ मा गाजामा पुनः आक्रमण सुरु गरेको हो ।
बिहीबार गाजाको स्वास्थ्य मन्त्रालयले त्यसबेलादेखि यस क्षेत्रमा कम्तीमा तीन हजार छ सय १३ जनाको मृत्यु भएको र युद्धको कुल सङ्ख्या ५३ हजार सात सय ६२ पुगेको बताएको छ ।
आधिकारिक तथ्याङ्कमा आधारित एएफपी टोलीका अनुसार हमासको सन् २०२३ अक्टोबरको आक्रमणले सुरु गरेको युद्धमा इजरायलमा एक हजार दुई सय १८ जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश सर्वसाधारण थिए ।
हमास लडाकूहरूले दुई सय ५१ जना बन्धकहरू पनि लिएका थिए । तीमध्ये गाजामा रहेका ५७ मध्ये ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।
















कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया