म्याग्दीको रघु गंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु भएको छ ।
गाउँपालिकाको केन्द्र मौवा फाँटमा निःशुल्क रूपमा समुदायबाट जग्गा व्यवस्थापन भएपछि पालिकाको प्रशासकीय भवन निर्माण सुरु गरिएको हो ।
शुक्रवार धार्मिक विधि पूर्वक पूजाआजासहित गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले प्रशासकीय भवनको शिलान्यास गरे ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–०८२ मा विनियोजन गरेको दुई करोड बजेटबाट प्रशासकीय भवन निर्माण सुरु गरेको हो ।
मातृभूमी डेभलपर एन्ड इन्जिनियरिङ प्रालिले एक करोड ३१ लाख ९८ हजारमा ठेक्का सम्झौता गरेर कार्य क्षेत्रमा परिचालन भएको छ ।
दुई वर्षमा भवन निर्माणकार्य सम्पन्न गर्ने लक्ष्यसहित भवनको शिलान्यास गरी निर्माणकार्य अघि बढाइएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिए ।
उनकाअनुसार नौ करोड ४० लाख ४४ हजार ९५० लागत अनुमान गरिएको भवन निर्माणको लागि थप बजेटका लागि गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारमा प्रस्ताव पेस गरिएको छ ।
गाउँपालिकाले ६ वर्ष अघिदेखि प्रशासकीय भवन निर्माणको लागि जग्गा व्यवस्थापनको काम सुरु गरेको थियो ।
‘करोडौँ मूल्य पर्ने जग्गालाई समुदायबाट निःशुल्क उपलब्ध भएको छ, गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु हुनुमा जग्गाधनीको ठूलो योगदान छ, हामीले पालिकाको सेवालाई सरल र सहज बनाउन पालिकालाई पूर्वाधारयुक्त बनाउनका लागि भवन बनाउने गौरवको योजना अघि बढाएका हौँ,’ गाउँपालिका अध्यक्ष भण्डारीले भने ।
यसवर्ष भवनको जग बसालेर स्ट्रक्चर र पहिलो तला ढलानको काम सम्पन्न हुने गाउँपालिकाका सिनियर सब इञ्जिनियर कमलबहादुर चोखालले बताए । तीन तलामा ३३ वटा कोठा र सभाहलसहितको सुविधा सम्पन्न भवन निर्माणका लागि जग्गा सम्याएर जग बसाउने काम सुरु भएको उनले जानकारी दिए । निर्माण व्यवसायीले भवन निर्माणका लागि आवश्यक पर्ने निर्माण सामाजिक र उपकरणको बन्दोबस्तसँगै जनशक्ति कार्यक्षेत्रमा परिचालन गरेको जनाएको छ ।
रघुगंगा गाउँपालिकालाई समुदायबाट २७ जनाले १४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । करोडौँ मूल्य पर्ने जग्गा गाउँपालिकाको भवनको लागि निःशुल्क उपलब्ध भएपछि दुई वर्षअघि गाउँपालिकाले निर्माण गरेको बहुउद्देश्यीय भवनबाट सेवाप्रवाह गर्दै आएको छ ।
बहुउद्देश्यीय भवनलाई कर्मचारी आवास गृहको रूपमा उपयोग गर्ने र सुविधा सम्पन्न भवन निर्माण गरेर नागरिकलाई सरल र सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले प्रशासकीय भवन निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।
गाउँपालिकाको भवन निर्माण प्रयोजनका लागि २७ जना जग्गा धनीको २५ रोपनी जग्गा एकीकरण गरी प्लटिङ गरिएको थियो । जग्गा व्यवस्थापनकार्य विधिअनुसार, करिब १४ रोपनी जग्गा गाउँपालिकाको नाममा पास गरिएको छ भने जग्गा धनीलाई छ रोपनी जग्गा घडेरीको रूपमा फिर्ता गरिएको छ । बाँकी जग्गालाई उपयोग गरी पालिकाको वरिपरि आठ मिटर फराकिलो सडकको चक्रपथ बनाइएको छ ।









एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया