जर्मनीको भिसा नीतिमा कडाइ

बर्लिन। युरोपेली मुलुक जर्मनीले आफ्नो भिसाको नयाँ नीतिलाई लिएर ठूलो घोषणा गरेको छ ।
खासमा जर्मनीले १ जुलाई २०२५ देखि ‘रिमोन्स्ट्रेशन’ भनेर चिनिने अनौपचारिक भिसा अपील अन्त्य गर्ने घोषणा गरेको छ। वास्तवमा, यसको फाइदा यो थियो कि जब कसैले जर्मनीको भिसाको लागि आवेदन दियो र उसको भिसा अस्वीकृत भयो भने पनि उसले थप कागजातहरू देखाएर यो विकल्पमार्फत भिसा प्राप्त गर्न सक्थे । तर, यो नयाँ नीति लागु भए पछि अब एक पटक भिसा अस्वीकृत भएसँगै तपाइँसँग अर्को विकल्प हुने छैन्।
हालसम्म भिसा अस्वीकृत भएका व्यक्तिहरूले कानुनी प्रक्रिया बिना अतिरिक्त कागजात वा स्पष्टीकरण पेश गरेर निर्णयलाई चुनौती दिने विकल्प कायम गरिएको थियो। संघीय विदेश कार्यालयले घोषणा गरेको यो कदमले हरेक वर्ष जर्मन भिसाका लागि आवेदन दिने हजारौं बिदेशी विद्यार्थी र कामको खोजीमा जर्मनी जाने मानिसहरूलगायत विश्वभरका आवेदकहरूलाई असर गर्ने भएको छ ।
जर्मनीले गरेको यो घोषणा पछि जुलाई देखि कुनै आवेदकको जर्मन भिसा अस्वीकृत भएपछि उसले भिसा पाउनको लागि यो विकल्प बाँकी रहने छैन् बरु उनीसँग दुईवटा मात्रै विकल्प बाँकी रहनेछ । पहिलो, नयाँ भिसा आवेदन दायर गर्नु पर्नेछ र दोस्रो बर्लिनको जर्मनीको प्रशासनिक अदालतमा औपचारिक कानूनी अपील गर्न सकिनेछ ।
तर, भिसा अस्वीकार गरेपछि कानुनी अपील गर्न भने त्यति सजिलो छैन। कानूनी अपीलहरू समय खपत र महँगो हुने गर्छन र सामान्यतया जर्मनका स्थानिय वकिल नै चाहिन्छ। कतिपय मुद्दाहरू समाधान हुन २ वर्षसम्म लाग्न सक्छ।
जर्मनीको भिसामा यो भर्खरको परिवर्तन जुन २०२३ मा सुरु भएको पायलट प्रोजेक्ट पछि भएको हो। जर्मन विदेश कार्यालयका अनुसार भिसा प्राप्त गर्न यो विकल्प हटाउँदा धेरै फाइदाहरू हुनेछन् । वास्तवमा, यो नयाँ परिवर्तन पछि कर्मचारीहरू अस्वीकृत आवेदनमा मात्रै अड्किने छैनन्, नयाँ आवेदनमा पनि छिटो काम गर्न सक्ने भएकाले भिसा जारी गर्ने कामले गति लिने जनाइएको छ ।
















कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया