आइतबार, जेठ ११, २०८२

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

मेरोन्यूज २०८२ जेठ १० गते १९:५४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । रास्वपाले एक विज्ञप्ति जारी गर्दै भिजिट भिसामा मानव तस्करी गरेको आरोप लागिरहेका गृहमन्त्रीको राजीनामाको माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ” भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं ।’

प्रतिक्रिया