आइतबार, जेठ ११, २०८२

नाति हृदयन्द्रलाई लिएर नारायणहिटी पुगे पूर्वराजा शाह

मेरोन्यूज २०८२ जेठ १० गते २१:१८

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन् । नाति हृदयन्द्रलाई लिएर उनी आमा रत्न शाहलाई भेट्न नारायणहिटी पुगेका हुन् । ज्ञानेन्द्रसँगै उनकी श्रीमती कोमल शाह पनि नारायणहिटी गएकी थिइन् ।

हृदयन्द्रले रत्नलाई भेट्ने आग्रह गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएको संवाद सचिव फणिराज पाठक जानकारी दिए ।

संविधानसभाबाट राजतन्त्र अन्त्य गरिएपछि ज्ञानेन्द्रले वि.स २०६५ जेठ २९ गते नारायणहिटी छोडेका थिए । तर उनकी आमा रत्न नारायणहिटीको महेन्द्र मन्जिलमा बस्दै आएकी छिन् ।

प्रतिक्रिया