आइतबार, वैशाख २०, २०८३

रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै

मेरोन्यूज २०८२ जेठ ११ गते १०:१६

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

Advertisement
NiccNicc

बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चले दिएको आदेश, पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसामा जानेहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको चर्चालगायत विषयमा छलफल हुने बताइएको छ ।

यसअघि रास्वपाले शनिबार सचिवालय र केन्द्रीय समितिको आकस्मिक बैठक गरेको थियो ।

प्रतिक्रिया