‘दशौँ लाख सिरियाली नागरिक असदको गुप्तचर र सुरक्षा निकायको खोजी सूचीमा’

सिरियाको गृह मन्त्रालयका प्रवक्ता नौरेदिन अल–बाबाले गत डिसेम्बरमा सत्ताच्युत भएका लामो समयदेखिका शासक बशर अल असदको गुप्तचर र सुरक्षा निकायले करिब एक तिहाइ जनसङ्ख्यालाई उसको खोजी सूचीमा राखेको शनिबार बताएका छन् ।
बाबाले दमास्कसमा आयोजित पत्रकार सम्मेलनमा भने, “राजनीतिक कारणले पूर्ववर्ती सरकारले खोजीको सूचीमा राखेका मानिसहरूको सङ्ख्या ८० लाख नाघेको छ ।
उनले भने, “सिरियाली जनताको लगभग एक तिहाई जनसङ्ख्यालाई पूर्व शासनको दमनकारी गुप्तचर र सुरक्षा एजेन्सीहरूले खोजीको सूचीमा राखेको थियो ।”
असदले शान्तिपूर्ण सरकार विरोधी प्रदर्शनमाथि निर्मम दमन गरेपछि सिरियाको गृहयुद्ध सुरु भएको थियो र पछि लाखौँ सिरियालीहरू सुरक्षा सेवाहरूको डरलाग्दो जालमा फसेका थिए । उनीहरूले अभियोजन, दुरुपयोग र अधिकार उल्लङ्घनको सामना गर्नुपरेको थियो।
धेरैले प्रदर्शनमा भाग लिएको वा प्रचार गरेको, राज्यको प्रतिष्ठामा आँच पु¥याएको, विदेशी पक्षहरूसँग कुराकानी गरेको वा ‘आतङ्कवाद’ लाई आर्थिक तथा भौतिक रूपमा सहयोग गरेको आरोप खेप्नुपरेको थियो ।
असदले आफ्नो शासनको विरोध गर्ने सबै विद्रोही र समूहहरूका लागि ‘आतङ्कवाद’ शब्दको प्रयोग गर्नुभएको थियो ।
लाखौँ सिरियालीहरूलाई जेलमा फ्याँकियो, जहाँ धेरैले यातना भोग्नुपरÞ्यो र दशौं हजार अझै हराइरहेका छन्।
धेरै मानिसहरूले सुरक्षा जाँचचौकीहरूमा हिरासतमा राख्दा वा देश छोड्न खोज्दा मात्र आफूलाई विभिन्न आरोपमा खोजीको सूचीमा राखिएको थाह पाएका थिए किनकि, आरोपहरू प्रायः गोप्य रूपमा जारी गरिन्थ्यो।
इस्लामी नेतृत्वको गठबन्धनले गत डिसेम्बरमा असदलाई उनको परिवारको पाँच दशक लामो कठोर शासनको अन्त्य गर्दै करिब १४ वर्षको कडा युद्धपछि अपदस्थ गरेको थियो।
बाबाको टिप्पणी गृह मन्त्रालयको पुनर्गठनको घोषणाको साइडलाइनमा आएको हो जसमा धेरै नयाँ विभागहरू सिर्जना गरिएको छ ।
यसमा एक उजुरी विभाग र सिरियाको भूमि र समुद्री सीमाको प्रभारी एक सीमा सुरक्षा निकाय समावेश छ जसलाई विशेष गरी लागूपदार्थ र मानव तस्करी नेटवर्कर्को ‘अवैध गतिविधि’ को सामना गर्ने काम दिइएको छ।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया