झण्डै ४८ लाखको अबैध सामान सहित ट्रक बरामद

सर्लाही। सर्लाही स्थित प्रहरी गस्ती टोलीले झण्डै ४८ लाख रुपैयाँको बिभिन्न किसिमका अबैध सामान सहित एउटा ट्रक बरामद गरेको छ।
आज आईतवार बिहान पौने ८ बजे बागमती नगरपालिका १२ स्थित ईलाका प्रहरी कार्यालय कर्मैयाबाट सई सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बुटवलबाट मोरङ तर्फ जाँदै गरेको प्र.३-०१-००५ ख ९४६० नम्बरको सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो।
प्रहरी टोलीले चेकजाँच गर्दा उक्त ट्रक ९डिबा० गाडीमा ४७लाख, ९७हजार,५०१ रुपैया बराबरको जिरा पाउडर, कस्मेटिक, टायर, हेलमेट, मोटरपार्टसहरु, ब्याट्री, मेडिसिन, मेसिन,हार्डवेयर, किचेन सिंक लगायतका खुद्रा सामानहरुको प्रज्ञापन पत्र नभएको, कतिपय सामानहरुको भ्याट बिल नभएको बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सरोज राईले न्युज कारखानालाई बताए ।
कतिपय सामानको विलाबिजक नभएको र भएको बिल(बिजक पनी शंकास्पद देखिएकोले सामानहरु ट्रक सहित नियन्त्रणमा लिएर बिहान सावा ९ बजेको समयमा सामान सहित ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मन्त्रिपरिषद् बैठक सुरु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया