‘विपद् न्यूनीकरणका लागि ललितपुर महानगरले उपलब्धिमूलक काम गरिरहेको छ’ : प्रमुख महर्जन

पाटन (ललितपुर) । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद्का क्षेत्रमा ललितपुर महानगरले उपलब्धिमूलक काम गरिरहेको बताएका छन् ।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणको आयोजना, ललितपुर महानगरको समन्वय र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको सहकार्यमा आज ललितपुर नगर प्रहरी बलको कार्यालयमा भएको विपद् स्वयंसेवक परिचालन आधारभूत तालिममा उनले कुनै पनि विपद् आइलाग्दा स्थानीय सरकार पहिला तयार हुनुपर्ने बताए ।
“हामीले विपद्मा काम गर्न नगर प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाएका छौँ, आजको तालिमले पनि यसलाई सहज बनाउँछ, सूक्ष्म तवरले प्रशिक्षण दिन सक्ने व्यक्तित्व तयार गरेका छौँ । ललितपुर महानगर विपद् न्यूनीकरणका क्षेत्रमा सक्रिय भएर लागिपरेको छ”, महर्जनले भने । विपद् जोखिम न्यूनीकरण प्राधिकरणको सहकार्यमा पहिलो पटक तालिम भएको बताउँदै उनले आगामी दिनमा यसलाई निरन्तरता दिने जानकारी दिए ।
“विपद् न्यूनीकरणका क्षेत्रमा काम गर्न ललितपुर महानगर अगाडि छ र प्रभावकारी ढङ्गले काम पनि गरिरहेको छ”, महानगरप्रमुख महर्जनले भने । उनले विपद् आउनुपहिला नै तयारी अवस्था बस्नुपर्ने भन्दै संवेदनशील भएर पूर्वतयारी, उद्धार तथा राहतमा जुट्नु सबैलाई आग्रह गरे ।
महानगरप्रमुख महर्जनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार तयार हुनुपर्ने भन्दै यस वर्ष रु पाँच करोड बजेट छुट्याएर काम गरिएको जानकारी दिए। उनका अनुसार महानगरका विभिन्न चार स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार तयार गरिँदै छ ।
















बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
उद्योगी व्यवसायीलाई रविले भने– डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं
चार देशका अटोमोबाइल फेडेरेसन प्रवेश गरे ड्रोन र भर्टिकल मोविलीटीमा
बागलुङमा एक करोडमा वडा कार्यालय भवन निर्माण
द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया