सोमबार, वैशाख २१, २०८३

एसईई २०८२ का लागि रजिस्ट्रेसन फाराम बुझाउने म्याद थप

मेरोन्यूज २०८२ जेठ ११ गते १५:३१

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोतिमी, भक्तपुरले एसईई २०८२ मा सहभागी हुन चाहने विद्यार्थीहरूका लागि रजिस्ट्रेसन फाराम बुझाउने म्याद थप गरेको छ। अब विद्यार्थीहरूले २०८२ जेठ ३० गतेसम्म रजिस्ट्रेसन फाराम बुझाउन सक्नेछन्।

Advertisement
NiccNicc

यसअघि वैशाख ११ गते प्रकाशित सूचनामा निर्धारण गरिएको म्यादमा विविध कारणले विद्यार्थीहरूले फाराम बुझाउन नपाएको भन्ने गुनासो आएपछि बोर्डले समय थप गरेको हो। विद्यालयले फाराम संकलन गरी २०८२ असार ८ गतेभित्र आफ्नो जिल्ला अन्तर्गतको शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनु पर्नेछ। फाराम बुझाउँदा शुल्क बुझाएको भौचरको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नु पर्नेछ।

बोर्डले यसअघि २०८२ जेठ ८ गते प्रकाशित गरेको सूचनामा उल्लिखित अन्य सबै शर्तहरू यथावत् रहने जनाएको छ।

प्रतिक्रिया