कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हुन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्नुपर्ने बताएका छन् ।
एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख तथा उपप्रमुखसहित अन्य राजनीतिक पार्टीसँग समेत समन्वय गरेर आमजनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गरे।
उनले भने “तपाईँहरू पार्टीबाट निर्वाचित भएर जिम्मेवारीमा गएको हो । निर्वाचन जितेपछि चङ्गाको धागो काटिएजस्तो पार्टीसँगको सम्पर्क काटिनु हुँदैन । मैले जितेँ, मलाई अरु मतलव छैन भन्न मिल्दैन । अर्को निर्वाचन पनि आउँछ । त्यसकारण तपाईँहरूले अहिले पार्टीका नीति तथा निर्देशनलाई पालना गर्दै देश र जनताको सेवामा सक्रिय रहनुपर्छ” ।
यस्तै ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको आफ्नो लगानी छ भनेर हल्ला फिँजाएको आरोप लगाए । उनले भने ‘कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ हो,त्यसको पछि लाग्नेहरु माधव नेपाल र झलनाथ खनालहरु हुन्।’
राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरू सल्बलाउँदा एमालेहरूको मनोवल गिर्न नहुने उल्लेख गर्दै लाज नमानीकन जनतालाई रैती हुन पाऊँ भन्नेहरूले फैलाउने भ्रम चिर्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।
अहिले भ्रष्टाचारीहरू र सहकारीपीडितले नै ‘भ्रष्टाचारको विरोध र सहकारीलाई न्याय दे’ भन्नेजस्ता आवाज उठाएर जनतामा भ्रम छरेको पनि अध्यक्ष ओलीको भनाइ थियो ।







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया