डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वर्षा सुरु भएसँगै महामारी नियन्त्रणमा सजगता अपनाउन र आवश्यक तयारी थाल्न आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्रालयमा आज आयोजित महामारीजन्य विपद्को तयारीमा सक्रिय विभिन्न विभाग तथा महाशाखा प्रमुखहरुसँगको बैठकमा उनले समयमै सजगता अपनाउन र आवश्यक तयारी थालिहाल्न आग्रह गरे । मन्त्री पौडेलले बर्खायाम लागेसँगै देखा पर्नसक्ने स्वास्थ्य महामारी नियन्त्रणका लागि सक्रियता बढाउनुपर्ने भन्दै डेङ्गी फैलन नदिन हालैबाट लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाउनुपर्ने बताए । उनले भने, “वर्षायाम सुरु भइसकेको छ । पानी तथा कीटजन्य महामारीबाट जोगिन आ–आफ्नो तर्फबाट तयारी थाल्नुहोला । विपद् आएपछि मात्र सक्रियता देखिने प्रचलन रहेकाले यसपालि त्यो दोहोरिनुभएन ।”
मन्त्री पौडेलले भारतलगायत देशमा कोभिड देखिएकाले सीमा नाकामा कडाइका लागि पर्याप्त व्यवस्थापन गर्न आवश्यक रहेकाले तीनवटै सरकारसँग समन्वय गर्ने गरी मन्त्रालयले काम अघि बढाइरहेको बताए । उनले महामारी कोष प्रभावकारी बनाएर समयमै नागरिकले राहत पाउने गरी काम हुनुपर्नेमा जोड दिए ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बैठकले महामारी नियन्त्रणका लागि चाँडै वडा तहसम्मै प्रभावकारी रूपमा पुग्ने गरी तीनै तहको समन्वयात्मक बैठक आयोजना गर्ने निर्णय गरेको बताए।







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया