दूध अभावले ‘चितवन मिल्क’ बन्द

चितवन। दुग्ध उत्पादक सहकारी संस्था र फर्महरुको दूध प्रशोधन गर्दै आएको ‘चितवन मिल्क उद्योग’ले प्रशोधनका लागि दूध नपाएपछि बन्द भएको छ । दूध नपाएपछि गत वैशाख १० गतेदेखि उद्योग बन्द भएको हो ।
उद्योगमा सहकारी संस्था र फर्महरुले बिक्री नभएको दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्ने गर्दछन् । भरतपुर महानगरपालिका–१ ठिमुरामा उद्योग रहेको छ ।
उद्योगका प्रबन्धक दुर्गा पराजुलीले विभिन्न सङ्घसंस्थालाई दूधका लागि आग्रह गरिएको भए पनि प्राप्त गर्न नसकिएको बताए। एक पटक सञ्चालन गर्नका लागि कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ ।
उद्योगले एक ‘सिफ्ट’मा एक लाख लिटरसम्म दूध प्रशोधन गर्न सक्छ । देशभरका ३० संस्थाले यहाँ प्रशोधनका लागि दूध ल्याउने गर्दछन् ।
प्रबन्धक पराजुलीले सहकारी र फर्मले दूध नल्याएपछि आफैँले दूध किनेर मेसिन सञ्चालनका लागि उद्योग चलाउने योजना भए पनि दूध पाउन नसकेको बताए गत आर्थिक वर्षमा फागुनदेखि भदौसम्म उद्योग बन्द भएको थियो ।
अघिल्ला वर्षहरुमा भने यो मौसममा दूधको अभाव हुने गरेको थिएन । ती वर्षहरुमा असार १५ देखि साउन मसान्तसम्म दूधको अभाव हुने गरेको उनले बताए ।
उद्योगमा ३४ कर्मचारी कार्यरत छन् । उद्योग सञ्चालन नहुँदासमेत मासिक रु १५ लाख हाराहारी खर्च हुने प्रबन्धक पराजुली बताए । उद्योगमा अहिले १५ किलोका नौ हजार ब्लक नौनी र १२ हजार बोरा धुलो दूध बाँकी छ ।
विक्रम संवत् २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु ११३ र घ्यू ९बटर० को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको थियो ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया